जडिबुटीमा रोकी राखेको टिपरमा मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु
मेरोन्यूज
२०८१ मंसिर १६ गते १२:४२

काठमाडौं । काठमाडौँको जडिबुटीमा रोकीराखेको टिपरमा ठाेक्किएर मोटरसाइकल चालककाे मृत्यु भएकाे छ ।
शनिबार राति सडकमा रोकी राखेको बा.४ ख ६१८२ नम्बरको टिपरमा प्र.३-०२-००४ प ०२०५ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका-१४ मुरलीवगैंचा घर भई काठमाडौं काँडाघारी हात्तिडाँडा बस्ने ४५ वर्षीय संजय सिंहको मृत्यु भएको हाे।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सम्बन्धित
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया