सोमबार, वैशाख १४, २०८३

यु-१९ एसिया कप : अफगानिस्तान १२३ रनमा अलआउट

मेरोन्यूज २०८१ मंसिर १८ गते १३:५४

काठमाडौं। एसिसी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई १२३ रनमा समेटेको छ।

Advertisement
NiccNicc

अफगानिस्तानका कप्तान महबुब खानलाई शुन्यमा बोल्ड आउट गरेको नेपालले १२३ रनमा अलआउट गरेको हो ।

युएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानलाई नेपालले ३५.४ ओभरमा १२३ रनमा अलआउट गरेको हो ।

अफगानिस्तानका लागि फैसल खानले अर्धशतक प्रहार गरे पनि खेल आफ्नो पक्षमा पार्न सकेन्। नेपालका सन्तोष यादवले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

त्यसअघि नेपालले उत्कृष्ट सुरूआत गरेको थियो। नेपालले अफगानिस्तानका दुवै ओपनरलाई शून्यमा आउट गरेको थियो।

खेलको पहिलो ओभरको तेस्रो बलमा नेपालका कप्तान हेमन्त धामीले अफगानिस्तानका ओपनर तथा कप्तान महबुब खानलाई शून्यमा बोल्ड गरेका थिए। 

प्रतिक्रिया