सिप, रोजगार र उद्यमतर्फ लैजान अपांगताको सुझाव

मुगु । हिमाली जिल्ला मुगुमा पनि अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
दिवसको अवसरमा आज बिहान जिल्ला समन्वय समिति मुगु बाट ¥याली निकालिएको थियो भने अदालत चोक पुगेर पुन समन्वय समितिको हलमा कोणसभामा परिणत भएको थियो । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । यसै सन्दर्भमा मुगुमा पनि मनाईएको छ ।
कार्यक्रममा कविता प्रतियोगिता , रेडियो बहस जस्ता कार्यक्रम गरी मनाईएको छ । दिवसमा बोल्दै डार्डो नेपाल मुगुका अध्यक्ष रमेश रावलका अनुसार संघ , प्रदेश र स्थानीय सरकार बाट निर्माण हुने भवनहरु निर्माण गर्दा अपांगमैत्री बनाएजस्तो देखिए पनि पूर्ण नभएको बताए ।
संरचना बनाउँदा सबै कोठामा अपांगता भएका ब्यक्ति जान सहजरुपमा पुग्ने गरी अपांगमैत्री बनाउनुपर्ने बताउँछन् । शिक्षा सवैको लागि भन्ने सरकारी अभियान छ । तर अपांगता भएका व्यक्तिलाई सहजै रुपमा विद्यालय जाने अवस्था छै ।
विद्यालय भवन, शौचालय, कक्षाकोठा पनि अपांगमैत्री बनाउनुपर्नेमा उनीहरूले जोड दिए । सडक, पैदलमार्ग पनि अपांगमैत्री भए झनै राम्रो हुने उनीहरूको भनाइ छ । छायाँनाथ रारा नगरपालिकाले गरेको अपांग निति , कार्यविधिहरु छिट्टै पारित गर्न सुझाव दिए ।
यस्तै कर्णाली प्रदेश सभा सदस्य माननिय जित बहादुर मल्लका अनुसार आगामि बर्षहरुमा अपांगता भएका ब्यक्तिहरु लाई सिप सिक्न , उद्यम बन्न र रोजगारी तर्फ अग्रसर गराउन प्रदेश सरकारले बिशेष पिछडिएको क्षेत्र अन्तर्गत रहेर यस्ता कार्यक्रम सञ्चालन गर्ने बताए ।
यता छायाँनाथ रारा नगरपालिकाका नगर उपप्रमुख ऐश्वर्या मल्लका अनुसार नेपाल सरकारले प्रदान गर्दे आईरहेका हक अधिकार , सेवा सुविधा बाट अपांगता भएका ब्यक्ति लाई कुनै पनि तवर बाट बञ्चित नगराउने बताईन ।
राज्यले उनीहरु लाई दिएको सेवा जस्तै हवाईजहाज , यातायात , अस्पताल जस्ता स्थानहरुमा ५० प्रतिशत छुट गर्ने सन्दर्भमा स्थानीय सरकार कटिबद्ध रुपमा लागि रहेको जानकारी गराईन । नगरपालिकाले गरेका निति , कार्यविधिहरु छिट्टै पारित गरी कार्यान्वयनमा ल्याईने र अपांग परिचय पत्र सामाजिक सुरक्षा भत्ता जस्ता सेवा बाट बर्गिकरण अनुसार उपलब्ध गराईने पनि जानकारी गराईन ।
दिवसकै अवसरमा अपांगता भएका ब्यक्तिहरुको लागि शिक्षामा समाबेशिताको अवस्था भन्ने शिर्षकमा कविता प्रतियोगिता गरिएको थियो । जसमा नेपाल राष्ट्यि मिन मावि भारेकोटकी विनिता मल्ल प्रथम हुनु भएको छ भने दोश्रोमा महाकाली मावि श्रीनगरका सन्तोषि भक्रि रहेकी छन त्यस्तै प्रकाश मावि लुमका अटलदेवी रावल तेश्रो स्तानमा आउनु भएको छ । उनीहरु लाई क्रमश झोला , शैक्षिक सामग्री र प्रशंसा पत्र सहित पुरस्कार बितरण गरिएको छ ।
अन्य सहभागिहरु लाई पनि प्रसंशा पत्र बितरण गरिएको थियो । जम्मा ६ बिद्यार्थीले सहभागिता जनाएका थिए । दिवसमा अवसरमा सहभागि भएका अपांगता भएका ब्यक्तिहरुले यस्तो भनका छन् हामि लाई सरकारले सिप , रोजगार र उद्यम तर्फ लैजान सुझाव दिएका छन् ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया