चीन भ्रमणबारे प्रधानमन्त्री ओलीको १४ बुँदे प्रेसनोट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिन लामो चीन भ्रमण सकेर आज स्वदेश फर्किए । ओलीको यो भ्रमणलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत चासोका साथ हेरिएको थियो ।
चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणमा प्रधानमन्त्री ओली गत मंसिर १७ गते चीन प्रस्थान गरेका थिए । आज स्वदेश फर्किएपश्चात १४ बुँदे प्रेस नोट जारी गर्दै उनले भ्रमणको बारेमा जानकारी गराएका छन् ।
प्रधानमन्त्रीका अनुसार उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरी द्वीपक्षीय हितका विविध विषयमा छलफल गरे । उनले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डल र चिनीया प्रधानमन्त्रीको प्रतिनिधिमण्डलबीच पनि द्वीपक्षीय वार्ता भएको थियो । उक्त वार्ताका क्रममा नेपाल र चनिबीचको सम्बन्धका विविध आयामहरुमा घनीभूत र हार्दिकतापूर्ण छलफल भएको प्रधानमन्त्रीले बताएका छन् ।
नेपाल र चीनबीच बीआरआइ फ्रेमवर्कसहित विभिन्न १० वटा सम्झौतामा हस्ताक्षर भएका थिए । यस्तै, चीन सरकारको तर्फबाट २०७२ सालदेखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग करिब २ अर्ब ७० करोड रुपैयाँका अतिरिक्त राष्ट्रपति चिनफिङद्वारा थप ५०० आरएमबी (करिब ९ अर्ब ३४ करोड रुपैयाँ) अनुदान को घोषणा भएको छ ।
प्रधानमन्त्री ओलीले चीन सरकारका तर्फबाट आफ्नो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि चीनका राष्ट्रपति र जनतालाई धन्यवाद दिएका छन् ।
हेर्नुस् प्रेस नोट






















कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया