नरहरिनाथको घ्यूले बजार पाएन

कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकाका किसानले उत्पादन गरेको घ्यूले बजार पाउन सकेको छैन । यहाँका किसानले पुस्तौदेखि पशुपालन गर्दै आएका छन् । वडा नं ९ लालुका भैँसीपालक किसान रजबहादुर शाहीले आफूहरूले उत्पादन गर्ने दूध, दही र घ्यूूले बजार पाउन नसकेको बताए ।
‘मैले जन्मेदेखि नै भैँसीपालन गर्दै आएको छु । विगतमा हामीले उत्पादन गरेको घ्यू बर्दियाको राजापुर र कैलालीको चिसापानी बजारमा लगेर बेच्ने गरेका थियौँ तर बजारमा आउने नयाँ, नयाँ आधुनिक तेलहन वस्तुका कारणले पनि घ्यूको महत्व घटेको होला, अचेल बिक्री हुँदैन’, उनले भने ।
यस क्षेत्रमा प्रशस्त चरिचरन क्षेत्र भएका कारण अधिकांश परिवारले पशुपालन गर्ने गरेको तर दुग्धजन्य उत्पादनले बजार नपाउँदा समस्या भएको वडा नं ७ का किसान रामबहादुर बटालाले गुनासो गरे । ‘बजार अभावमा स्थानीयले उत्पादन गरेको घ्यू घरमै थन्किने गरेको छ’, उनले भने, ‘दूध बिक्री नहुने भएकाले घ्यू बनाउनु यहाँका किसानको बाध्यता छ । अब त्यही पनि बिक्री नभएपछि के गरेर जीविकोपार्जन गर्नु ।’
गाउँपालिका–५ रुप्साका कृषक रणबहादुर सहकारीले सबैको घरमा पशुपालन हुने भएकाले स्थानीयस्तरमा उत्पादन बिक्री नहुने र बाहिर पनि खासै बजार व्यवस्थापन गर्न नसकिएको बताए । गाउँपालिका पशु सेवा शाखा प्रमुख कटकबहादुर बुढाले पनि यहाँका अधिकांश किसानले गाईभैँसी पालन गरिरहेकाले बजार पाउन कठिनाइ भएको बताए। गाउँपालिकाका पूर्व अध्यक्ष धीरबहादुर विष्टले स्थानीय उत्पादनको बजारका लागि पालिकाले नै व्यवस्थापन गर्न जरूरी रहेको बताए ।
गाउँपालिका उपाध्यक्ष कमलबहादुर शाहले गाउँपालिकाले पशुपालन गर्ने किसानका लागि प्रोत्साहन दिने गरेको र यहाँ उत्पादन हुने दुग्धजन्य वस्तुको बिक्रीका लागि पहल थालिएको जानकारी दिए । ‘पशुपालन क्षेत्र बढाउनका लागि गाउँपालिकाले विशेष योजना ल्याएर काम गरिरहेको छ, हाल पशुपालक किसानलाई मासिक रु एक हजार प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । अब उत्पादनको बजार व्यवस्थापनमा लाग्छौँ’, उनले भने, ‘पालिकाले यहाँ उत्पादन हुने दुग्धजन्य वस्तुको बजारको खोजी रहेको छ । जुम्ला र हुम्ला जिल्लामा पठाउने विषयमा छलफल भइरहेको छ ।’
















नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया