रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मध्यराति गाडीमा राखेर चितवनबाट पोखरा लगिएको घटनाको छानविन गर्न राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । अस्वस्थ अवस्थामा जबरजस्ती गाडीमा राखेर बुधबार राती लामिछानेलाई प्रहरीले चितवनबाट पोखरा लगेको थियो । भोलिपल्ट मात्र पोखरा लगिने भन्दै आफन्त र कानून व्यवसायीलाई झुक्याएर पोखरा लगिएको थियो ।
सो घटनाको छानविन माग गरी लामिछाने पत्नी निकिता पौडेलले मानव अधिकार आयोगका सचिव मुरारी खरेललाई भेटेर लिखित उजुरी दिएका हुन्।
सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको आरोपमा २ कात्तिकदेखि लामिछाने प्रहरी हिरासतमा छन् । उनलाई विभिन्न जिल्लामा लगेर प्रहरीले अनुसन्धान गरिरहेको छ । सरकारको दबाबमा प्रहरीले उनलाई आफन्तहरुसँग भेटघाट गर्न कुरा गर्न समेत नदिएको रास्वपा नेताहरूको आरोप छ ।
उता, राष्ट्रिय मानव अधिकार आयोगको पोखरास्थित कार्यालयका प्रतिनिधिले शुक्रबार प्रहरी कार्यालयमा गएर लामिछानेलाई भेटेका छन् । भेटमा लामिछानेले चितवन प्रहरीले आफुमाथि अमानवीय व्यवहार गरेको भन्दै त्यसको वास्तविकता छानविन गर्न आग्रह गरेका छन् ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया