रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मध्यराति गाडीमा राखेर चितवनबाट पोखरा लगिएको घटनाको छानविन गर्न राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । अस्वस्थ अवस्थामा जबरजस्ती गाडीमा राखेर बुधबार राती लामिछानेलाई प्रहरीले चितवनबाट पोखरा लगेको थियो । भोलिपल्ट मात्र पोखरा लगिने भन्दै आफन्त र कानून व्यवसायीलाई झुक्याएर पोखरा लगिएको थियो ।
सो घटनाको छानविन माग गरी लामिछाने पत्नी निकिता पौडेलले मानव अधिकार आयोगका सचिव मुरारी खरेललाई भेटेर लिखित उजुरी दिएका हुन्।
सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको आरोपमा २ कात्तिकदेखि लामिछाने प्रहरी हिरासतमा छन् । उनलाई विभिन्न जिल्लामा लगेर प्रहरीले अनुसन्धान गरिरहेको छ । सरकारको दबाबमा प्रहरीले उनलाई आफन्तहरुसँग भेटघाट गर्न कुरा गर्न समेत नदिएको रास्वपा नेताहरूको आरोप छ ।
उता, राष्ट्रिय मानव अधिकार आयोगको पोखरास्थित कार्यालयका प्रतिनिधिले शुक्रबार प्रहरी कार्यालयमा गएर लामिछानेलाई भेटेका छन् । भेटमा लामिछानेले चितवन प्रहरीले आफुमाथि अमानवीय व्यवहार गरेको भन्दै त्यसको वास्तविकता छानविन गर्न आग्रह गरेका छन् ।
















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया