मंसिर २४ गते सोमबारको राशिफल, कस्तो रहला तपाईंको दिन ?

काठमाडौं । आज २०८१ साल मंसिर २४ गते सोमबार तदनुसार सन् २०२४ डिसेम्बर ९ तारिख। मार्गशीर्ष शुक्ल पक्षको नवमी तिथि। अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : कार्यक्षेत्रमा अम्दानी बढ्नाले उत्साह जाग्नेछ। नोकरी वा पेशामा श्रमको उचित मूल्य पाइनेछ। शेयर बजारबाट लाभ रहनेछ। विद्यार्थी वर्गहरूको लेखन वा अध्ययनमा मन लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
वृष :कार्यक्षेत्रमा अधिकारीहरूको साथ मिल्नेछ। गृहणीहरूको घरको कार्यमा समय बित्नेछ। सरकारी नोकरीमा कार्यको नयाँ अवसर मिल्नेछ। अगाडि गरिएको लगानीबाट लाभ पाइनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ५ रहेको छ।
मिथुन : कार्यक्षेत्रमा जिम्मेवारी मिल्नुको साथै मनमा अज्ञात भय रहनेछ। आफन्तहरूसँग भेटघाटले मन प्रशन्न रहनेछ। विद्यार्थीहरूलाई परीक्षामा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट :सामाजिक क्षेत्रमा प्रतिष्ठामा वृद्धि हुनेछ। मांगलिक कार्यमा धन खर्च हुनेछ। नोकरी वा पेशामा अधिकारिहरुसँग मनमुटाव हुन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।
सिंह : कार्यक्षेत्रमा अग्रिम रोकिएको कार्यहरू प्रारम्भ हुनेछ। व्यापार व्यवसायमा आफ्नो बुद्धि र अनुभवले निर्णय लिनुहोला। परिवारमा कसैको पदोन्नति वा वेतन वृद्धि जस्तो कुराले मन प्रसन्न रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
कन्या : व्यापार व्यवसायमा ईर्ष्याले गर्दा नोक्सान हुन सक्ला। नोकरी वा रोजगाको खोजिमा सफलता मिल्नेछ। धार्मिक आयोजनमा सम्मान बढ्नेछ। धन खर्चमा नियन्त्रण राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
तुला : सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। व्यापार व्यवसायमा शत्रु पक्षबाट सतर्क रहनुपर्ने हुन्छ। दाम्पत्य जीवन सुखमय रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक :आफन्तहरूसँग मनमुटाव रहनेछ। कार्यक्षेत्रमा श्रमको अनुरुप फल नमिल्ला। व्यापारमा पारदर्शिता राख्नुहोस्। कार्यक्षेत्रमा आयस्रोत बढ्नेछ। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
धनु : धार्मिक संघ संस्था वा समारोहमा सम्मिलित हुने मौका मिल्ला। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। सरकारी योजनाहरुको लाभ मिल्नेछ। शिक्षाको क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ७ रहेको छ।
मकर : आर्थिक समस्याबाट समाधान प्राप्त हुनेछ। धार्मिक विषयवस्तुमा कसैलाई सहयोग गर्न सक्नुहुन्छ। थोरै मेहनतले पनि विशेष लाभ लिन सकिने छ। सन्तान पक्षबाट शिक्षाको क्षेत्रमा सुभ समाचार प्राप्त हुने योग छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ :व्यवसायमा आज बिक्री राम्रो हुने छ। कार्यक्षेत्रमा राम्रो प्रदर्शन रहने छ। समाजमा मान सम्मान प्राप्त हुने योग छ। अप्रत्याशित लाभ हुने सम्भावना रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
मीन :दिनचर्यालाई व्यवस्थित राख्ने प्रयास गर्नुहोला। विदेश यात्राको योग बनिरहेको छ। दीर्घरोगीहरू आफ्नो स्वास्थ्यलाई लिएर विशेष ध्यान दिनुहोला। प्रियजनहरूसित मनमुटाव हुन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।















रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण
बाजुरामा रुखबाट लडेर व्यक्तिकाे मृत्यु
प्रतिनिससभा निर्वाचन : प्रत्यक्षतर्फ यस्तो छ कास्कीमा उम्मेदवारी मनोनयनको दर्ता कार्यतालिका
एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
प्रतिक्रिया