पर्सामा सकियो रविको बयान
मेरोन्यूज
२०८१ मंसिर २५ गते १९:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पर्सामा बयान सकिएको छ ।
पर्साको जिल्ला सरकारी वकिल कार्यालयमा आज दिनभर रविको बयान भएको थियो । बयानपछि उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा पठाइएको छ ।
रविलाई प्रहरीले भोलि पोखरा फर्काउने तयारी गरेको छ ।
प्रहरीले यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पोखरा, स्वर्णलक्ष्मी सहकारी ठगीमा काठमाडौं र सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको अनियमिततामा लामिछानेको बयान लिएको थियो ।
लामिछानेलाई प्रहरीले २ कात्तिकमा बनस्थलीस्थित पार्टी कार्यालयबाटै पक्राउ गरेर पोखरा लगेको थियो ।
सम्बन्धित
प्रतिक्रिया