साउथ अभिनेत्री कीर्ति सुरेशले गरिन् बिहे (तस्बिरहरु)
मेरोन्यूज
२०८१ मंसिर २८ गते १७:४६

काठमाडाैं । साउथ अभिनेत्री कीर्ति सुरेशले प्रेमी एन्टोनी थिटिलसँग विवाह गरेकी छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले बिहीबार गोवामा तमिल रितीरिवाज अनुसार विवाह गरेका हुन् ।
बिहेका तस्वीरहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । मिडिया रिपोर्टका अनुसार यो जोडी विगत १५ वर्षदेखि एकअर्कालाई डेट गर्दै थिए ।
अभिनेत्री कीर्तिले पनि आफ्नो विवाहको तस्विर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।
इ टाइम्सकाे रिपोर्टका अनुसार एन्टोनी थिटिल व्यापारी हुन् । उनी दुबई र कोची, केरलामा काम गर्दछन्। उनको गृहनगरमा धेरै रिसोर्टहरू पनि छन्। यति मात्र होइन कीर्तिको गृहनगरमा पनि उनका धेरै व्यवसाय छन् ।
कीर्ति सुरेशले सन् २००० मा बाल कलाकारका रूपमा आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् ।
हेर्नुहाेस् विवाहका तस्बिरहरु :







सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया