आइतबार, माघ १३, २०८१

साउथ अभिनेत्री कीर्ति सुरेशले गरिन् बिहे (तस्बिरहरु)

मेरोन्यूज २०८१ मंसिर २८ गते १७:४६

काठमाडाैं । साउथ अभिनेत्री कीर्ति सुरेशले प्रेमी एन्टोनी थिटिलसँग विवाह गरेकी छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले बिहीबार गोवामा तमिल रितीरिवाज अनुसार विवाह गरेका हुन् ।

Advertisement

बिहेका तस्वीरहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । मिडिया रिपोर्टका अनुसार यो जोडी विगत १५ वर्षदेखि एकअर्कालाई डेट गर्दै थिए ।

अभिनेत्री कीर्तिले पनि आफ्नो विवाहको तस्विर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

इ टाइम्सकाे रिपोर्टका अनुसार एन्टोनी थिटिल व्यापारी हुन् । उनी दुबई र कोची, केरलामा काम गर्दछन्। उनको गृहनगरमा धेरै रिसोर्टहरू पनि छन्। यति मात्र होइन कीर्तिको गृहनगरमा पनि उनका धेरै व्यवसाय छन् ।

कीर्ति सुरेशले सन् २००० मा बाल कलाकारका रूपमा आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् ।

हेर्नुहाेस् विवाहका तस्बिरहरु :

प्रतिक्रिया