सुटिङका क्रममा घाइते भए अक्षय कुमार
मेरोन्यूज
२०८१ मंसिर २८ गते १९:१९

काठमाडाैं । अभिनेता अक्षय कुमार ‘हाउसफुल ५’ को सुटिङका क्रममा घाइते भएका छन् । बिहीबार एक्शन सिक्वेन्सको सुटिङका क्रममा सेटमा केही वस्तु उछालिएर उनको आँखामा ठोक्किएकाे थियाे ।
हिन्दुस्तान टाइम्सका अनुसार अक्षयकाे आँखामा चोट लागेपछि तुरुन्तै फिल्मको सेटमा आँखा विशेषज्ञलाई बोलाइएको थियो। जाँचपछि अक्षयलाई केहिदिन आराम गर्न डाक्टरले सल्लाह दिएका छन् ।
सन् २०२५ मा रिलिज हुने फिल्म हाउसफुल ५ मा अक्षयका साथै रितेश देशमुख, अभिषेक बच्चन, श्रेयस तलपदे, चंकी पाण्डे, ज्याकलिन फर्नान्डिज, नरगिस फाखरी, फरदीन खान लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रलाई तरुण मनसुखानीले निर्देशन गर्दैछन् । फिल्म ६ जुन, २०२५ मा रिलिज हुनेछ।
सम्बन्धित













राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
प्रतिक्रिया