२ दिनको उच्च गिरावटपछि सेयर बजार ३ अंकले बढ्यो

काठमाडौँ । सोमबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले बढेर दुई हजार छ सय ३३ दशमलव ८७ विन्दुमा कायम भएको हो ।
आज तीन सय १८ कम्पनीको ८९ लाख ३९ हजार तीन सय ४८ हजार कित्ता शेयर ५३ हजार नौ सय ५७ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३४ करोड ३२ लाख ३४ हजार सात सय ४० बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव १७, वित्त शून्य दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव १८, जलविद्युत् शून्य दशमलव १४, लघुवित्त शून्य दशमलव ५६, निर्जीवन बीमा शून्य दशमलव १९, व्यापार शून्य दशमलव ५९ र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ ।
अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक शून्य दशमलव ६५, लगानी शून्य दशमलव २१, जीवन बीमा शून्य दशमलव १५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४४ र म्युचुअल फन्ड शून्य दशमलव ४८ प्रतिशतले घटेको छ ।
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको रू २२ करोड २४ लाख तीन हजार नौ सय ६४ बराबरको दुई लाख ६३ हजार कित्ता शेयर किनबेच भएको छ ।










आज २०८२ साल पुस २ गते बुधबारको राशिफल
बढ्यो अमेरिकी डलरको मूल्य, आजकाे भाउ कति ?
एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया