जाडोमा छालाको हेरचाह कसरी गर्ने ? यस्ता छन् १२ टिप्स

जाडो मौसम छालाको लागि खासै अनुकूल मानिदैन् किनकी यसबेला बाहिरी वातावरण सुख्खा हुन्छ । चिसो र सुख्खापनाले छालामा सोझै असर पार्दछ । अझै काठमाडौंलगायतका शहरी क्षेत्रमा हुने धूलो धुँवाले छालालाई नकारात्मक असर पारिरहेकै हुन्छ । त्यसैले जाडोयाममा छालाको सौन्दर्य कायम राख्न अन्य समयभन्दा अलि बढी नै ध्यान दिनुपर्छ ।
छालाको चमक कसरी जोगाइ राख्ने ?
१. छालालाई सुख्खा रहन नदिन अनुहारमा मोस्चराइजर तथा शरीरमा बडी लोसनको प्रयोग गर्ने ।
२. पर्याप्त मात्रामा पानीको सेवन गर्ने ।
३. अनुहारमा तातो पानीको बाफ लिने, यसले बन्द भएको रोमछिद्रलाई खुलाउँछ ।
४. हातले हल्का मसाज गर्ने । यसले अनुहारमा रक्तसञ्चारलाई बढाउँदछ ।
५. मौसमी फलफुलको सेवन गर्ने ।
६. सावुनको प्रयोग कम गर्ने अथवा मोस्चराईजिङ साबुन तथा फेस वासको प्रयोग गर्ने ।
७. ओठलाई सुख्खा हुन नदिन लिप बामको प्रयोग गर्ने ।
८. घाममा जानुभन्दा १५ मिनेट अगाडि राम्रो एसपिएफ भएको सनब्लक वा सनस्क्रिनको प्रयोग गर्ने ।
९. चिसो पानीमा धेरै समय काम नगर्ने ।
१०. धेरै तातो पानीले ननुहाउने ।
११. शारीरिक सरसफाइमा विशेष ध्यान दिने ।
१२. छालासम्बन्धी केही जटिल समस्या देखा परेमा छाला विशेषज्ञसँग तुरुन्तै परामर्श लिने ।
–एजेन्सीको सहयोगमा














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया