बिहीबार, वैशाख १०, २०८३

भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने

मेरोन्यूज २०८१ पुष ४ गते १७:५९

काठमाडाैँ । भारतले आगामी वर्षको च्याम्पियन्स ट्रफीका खेलहरू प्रतियोगिताको आयोजक र चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान जान अस्वीकार गरेपछि तटस्थ मैदानमा खेल्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जानकारी दिएको छ।

Advertisement
NiccNicc

बदलामा पाकिस्तानले पनि भारतमा आयोजना हुने आगामी आइसिसी प्रतियोगिताहरू अन्य देशहरूमा खेल्नेछ। तटस्थ मैदानहरुको बारेमा अझै निर्णय हुन बाँकी छ।

आइसिसी बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२४–२०२७ को अधिकार चक्रमा आइसिसी प्रतियोगिताहरूमा दुवै देशले आयोजना गर्ने भारत र पाकिस्तानका खेल तटस्थ स्थानमा खेलिनेछ। यो आगामी आइसिसी पुरुष च्याम्पियन्स ट्रफी २०२५ (पाकिस्तानद्वारा आयोजना गरिएको)मा लागू हुनेछ।’

यो सम्झौता भारतले आयोजना गर्ने आइसिसी महिला क्रिकेट विश्वकप २०२५ तथा भारत र श्रीलङ्काले आयोजना गर्ने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ सम्म विस्तार हुने विज्ञप्तिमा उल्लेख छ।

सुरक्षा चिन्ता र राजनीतिक तनावका कारण पाकिस्तानमा आफ्नो टोली पठाउने छैन भनी भारतले आइसिसीलाई बताएपछि यो घोषणाले च्याम्पियन्स ट्रफीलाई लिएर एक महिना लामो गतिरोध समाप्त भएको छ।

तर यसअघि पाकिस्तानले भने २०२३ को आइसिसी विश्वकप भारतमा खेलेको थियो।

प्रतिक्रिया