धनुषामा बोराभित्र राखिएको अवस्थामा भेटियो युवकको शव
मेरोन्यूज
२०८१ पुष ४ गते १९:१०

जनकपुरधाम । धनुषामा बोराभित्र राखिएको अवस्थामा एक जनाको शव भेटिएको छ ।
मिथिला बिहारी नगरपालिका–२ पुरन्डाहास्थित परशुराम तलाको पुलमुनि बोराभित्र अन्दाजी ३० वर्षीय युवकको शव सडेगलेको अवस्थामा भेटिएको हो ।
घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गर्न लागिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार दिउँसो ३ बजेतिर बोराभित्र शव रहेको भन्ने स्थानीयले जानकारी गराएका थिए ।
सम्बन्धित
प्रतिक्रिया