बुधबार, वैशाख १७, २०८२

जीबी राईसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता

मेरोन्यूज २०८१ पुष ५ गते १७:२५

पोखरा। सहकारी ठगी प्रकरणमा पक्राउ परेका जीबी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ ।

शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका र पक्राउ पूर्जी जारी भएका गितेन्द्रबाबु राई (जीबी)सहित १९ जनालाई पहिलो चरणमा मुद्दा दर्ता गरेको हो ।

यस्तै अहिले प्रहरी हिरासतमा रहेका रवि, छविसहित जीबीका साझेदार नेचर हर्बस्‌का सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया