बुधबार, वैशाख १७, २०८२

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ११ घाइते

मेरोन्यूज २०८१ पुष ५ गते १७:४३

दाङ। दाङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका–१० गुर्जेखोलास्थित घोराही तुलसीपुर सडकमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा१ख ८१६ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको रा५प ६६५४ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घोराही–१० का ४४ वर्षीय दिलीप केसीको मृत्यु भएको हो।

उक्त दुर्घटनामा बसमा सवार २२ मध्ये ११ जना घाइते भएका छन्। उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। बस चालक घोराही–१८ फुर्सेखालीका ५३ वर्षीय गोपाल विकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया