दुर्गा सिंह र भरत बोहरा एआईजीमा बढुवा
मेरोन्यूज
२०८१ पुष ५ गते १७:५४

काठमाडौं । नेपाल प्रहरीका दुईजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले डीआईजीहरू दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
यसअघि, गत शुक्रबार बढुवा सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि डीआईजीद्वयको नाम सिफारिस गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया