बुधबार, वैशाख १७, २०८२

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई कारबाही सिफारिस

मेरोन्यूज २०८१ पुष ५ गते १८:१६

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्न सिफारिस भएको छ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक प्रक्रिया पूरा नगरी पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा पास गरेको भन्दै महानगरले उनलाई कारबाही सिफारिस गरेको हो।

भ्यु टावरको नक्सा पास प्रक्रियामा अनियमितता भएको र नियम विपरीत कार्य गरेको ठहर गर्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई कारबाहीका लागि सिफारिस गरिएको महानगरपालिकाकले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया