दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार साढे ४ अर्ब
मेरोन्यूज
२०८१ पुष ७ गते १६:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १३.५३ अंकले घटेर २ हजार ५ सय ८३ दशमलव २९ विन्दुमा बन्द भएको हो ।
नेप्सेका अनुसार आज ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ८५ कम्पनीको सेयरमूल्य बढ्दा १५३ को घट्यो । ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
तीन कम्पनीको सेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । जसमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेड रहेका छन् । यी कम्पनीहरुको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
सप्तकोशी विकास बैंक लिमिटेडको शेयरमूल्य ६.४० प्रतिशतले घटेको छ । आज रिभरफल्स पावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड ३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सम्बन्धित















मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया