मिस लिटिल स्टार मदरल्याण्ड सिजन २ का उपाधी जेशिका र हृदयानीलाई

भक्तपुर । मिस लिटिल स्टार मदरल्याण्ड २०८१ सिजन २ को उपाधी जेशिका श्रेष्ठ र हृदयानी सिलवालले जितेका छन् । यस्तै मास्टर लिटिल स्टार मदरल्याण्ड २०८१ सिजन २ को उपाधी न्यूरोन लोहाला र अप्रेश थापा मगरले चुमेका छन् ।
सुर्यविनायक नगरपालिका वडा ९ मा अवस्थित मदरल्याण्ड स्कुलको विशेष प्रस्तुति मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड २०८१ सिजन २ को मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड २०८१ सिजन २ कोउपाधी सिनियर तर्फ हृदयानी सिलवाल र अप्रेश थापा मगरले र जुनियर तर्फ जेशिका श्रेष्ठ र न्यूरोन लोहालाले जितेका हुन्।
मदरल्याण्ड स्कुलको आयोजनामा करिब २१ दिनको विशेष प्रशिक्षण पश्चात पौष ५ गते शुक्रबार साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा सम्पन्न मिस एण्ड मास्टर लिटिल स्टार २०८१ सिजन २ मदरल्याण्ड कार्यक्रम को ग्राण्ड फिनाले सम्पन्न भएको हो ।
प्रतियोगिताको फाइनल जुनियर तर्फ जेशिका श्रेष्ठ मिस लिटिल स्टार मदरल्याण्ड २०८१ घोषित भईन् भने मास्टर लिटिल स्टार मदरल्याण्ड २०८१ न्यूरोन लोहला भए । यस्तै सिनीयर तर्फ ह्रृदायणी सिलवाल मिस लिटिल स्टार मदरल्याण्ड २०८१ र अप्रेश आलेमगर मास्टर लिटिल स्टार मदरल्याण्ड २०८१ विजेता भएका छन् ।

प्रतियोगितामा जुनियर छात्रातर्फ दिपिका कार्की फष्ट रनर अप, अक्षा श्रेष्ठ सेकेण्ड रनर अप, श्रीयम्शी श्रेष्ठ थर्ड रनर अप भए भने जुनियर छात्रतर्फ फष्ट रनर अप सविन श्रेष्ठ, सेकेण्ड रनर अप रियान लामा र थर्ड रनर अप अभिषेक थापा हुन सफल भए । साथै सिनीयर ग्रुप छात्रा तर्फ रष्मी राई फस्ट रनर अप, समृद्धि थापा सेकेण्ड रनर अप र थर्ड रनर अप प्रसादी बस्नेत भए । सिनीयर छात्र तर्फ फस्ट रनर अप रसिक लवजू, सेकेण्ड रनर अप सामुयल खड्का र थर्ड रनर अप जेशन बराल भए ।
मदरल्याण्ड स्कुलको विशेष प्रस्तुति मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड २०८० सिजन १ वीनर मास्टर जेशिक नेपाल र मिस सुवास्ना कार्कीले सिजन २ को विजेतालाई क्राउन र अवार्ड प्रदान गरेका थिए । ट्यालेन्ट राउन्डका विजेता सहित सबै प्रतिस्पर्धीलाई विविन्न सव टाइटलद्वारा सम्मान गरिएको थियो ।

मिस एण्ड मास्टर लिटल स्टार मदलल्याण्ड २०८१ सिजन २ को उद्घाटन गर्दै प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाको मेयर वासुदेव थापाले विद्यार्थीमा निहित विविध प्रतिभालाई प्रतिस्पर्धामा उतार्नु प्रशंसणीय भएको बताए । मेयर थापाले विद्यार्थीहरुको आत्मबल र आत्मविश्वास बढाउन पनि पठन पाठनसँगै यस्ता खालका कार्यक्रम आयोजना गरेकोमा विद्यालयलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका वडा नं २ का वडाध्यक्ष प्रदिप कार्की, नेसनल प्याव्सन बागमति प्रदेश सह कोषाध्यक्ष साधुराम गैडा, नेसनल प्याव्सन काठमाण्डौं जिल्ला समिति अध्यक्ष अमृत खड्का, उपाध्यक्ष प्रेम भुजेल, नेसनल प्याव्सन भक्तपुर जिल्ला कोषाध्यक्ष विक्रम थापा, मिड भ्याली कलेज भक्तपुरका प्रिन्सिपल गोविन्द बल्ल जोशी, पुस्तक व्यवसायी भक्तपुर जिल्ला उपाध्यक्ष महेश थापा, सलिको ईन्सोरेन्सका जिएम रुपेन्द्र थापा, हिमाल एकेडेमीका प्रिन्सिपल प्रदीप थापा तथा शिक्षासँग सरोकार राख्ने विज्ञ, विभिन्न मिडियाका पत्रकार र अभिभावकहरुको सहभागिता थियो ।

कार्यक्रमको ग्रान्ड फिनालेको निर्णायकमा नेसनल प्याव्सन भक्तपुरका सचिव एवं संगित प्रेमी कुमार थापा मगर, केयू यूनिभर्सिटीका भिजिटिगं फेकल्टी लेक्चरर एवं मोडर्न कलेजकी एकेडेमिक डाइरेक्टर शसी कायस्थ (कस्पाल), मोडर्न हण्ट २०२३ का वीनरद्वय रोनिश खड्गी र आयुष्मा पौड्याल रहेका थिए । भने ट्यालेन्ट राउन्डको निर्णायकमा कलाकार, निर्देशक, वरिष्ठ नृत्य निर्देशक, नृत्य निर्देशक संघ काभ्रेका अध्यक्ष अमर कृष्ण चन्द, भिज्युअल आर्टिस्ट तथा क्रियटिभ राइटर ईन्द्र श्रेष्ठ, संगित प्रशिक्षक सुनिल कपाली र मदरल्याण्ड स्कुलका सह प्रिन्सिपल राधेश्याम केसी रहेका थिए ।
प्रतियोगिताका विजयी छात्रछात्राहरुलाई विद्यालयले छात्रवृत्ति प्रदान गर्ने विद्यालयकी संचालक शर्मिला देउजाले घोषणा गरे । छात्र र छात्रा तर्फको वीनरलाई ६ महिना, फस्ट रनर अपलाई ३ महिना, सेकेण्ड रनर अपलाई २ महिना, थर्ड रनर अपलाई १ महिनाको मासिक शुल्कमा छात्रवृत्ति प्रदान गरिएको विद्यालयकी संचालक शर्मिला देउजाले जानकारी दिए । प्रतियोगितामा ८, ९ र १० वर्ष उमेर समूहकाले जुनियर तथा ११, १२ र १३ वर्ष उमेर समूहकाले सिनीयर तर्फ प्रतिष्पर्धा गरेका थिए ।

२६ छात्रा र २६ छात्र गरी जम्मा ५२ जनाले प्रतियोगीताको फाइनलमा प्रतिस्पर्धा गरेको स्कुलका प्रिन्सिपल सञ्जय खड्काले जानकारी दिदै कार्यक्रमको सपोर्टर मिड भ्याली कलेज भक्तपुर, सलिको ईन्सोरेन्स, सत्यशक्ति पुस्तक भण्डार र वल्डट्रेक्स फेब्रिक हाउस, डोलेश्वर भिलेज रिसोर्ट, ड्रेस डिजाइन वीणा टेलर्स जगाति, बद्री फोटोग्राफर (बद्री थापा) र भिडियो ग्राफर सुमन खत्री, एरी व्यूटी प्वाइन्ट (ग्रीष्मा शाक्य) तथा सबै मिडिया पार्टनरलाई धन्यवाद दिएका थिए ।
अब्बल एवं अनुभवी सुमी बानियाको कोरियोग्रीफी एवं प्रशिक्षण रहेको उक्त फाइनल कार्यक्रम रोजिन शाक्यले संचालन गरेका थिए । ट्यालेन्ट राउन्डका विजेता सहित सबै प्रतिस्पर्धीलाई विविन्न सव टाइटलद्वारा सम्मान गरिएको थियो ।

सिनियर छात्रतर्फ सबटाइटल विजेताहरु
उत्तम पैदल यात्रा सलिन थापा, सबैभन्दा विश्वस्त समुल खड्का, सबैभन्दा प्रतिभावान अप्रेश आले मगर, उत्कृष्ट कला कार्य अरुण श्रेष्ठ, उत्कृष्ट अभिनय आरुष पाण्डे, उत्कृष्ट गायन सुबिन गुइडे, उत्तम खाना पकाउने सुशन श्रेष्ठ, उत्कृष्ट भाषण कला जेशन बडाल, उत्कृष्ट फोटोजेनिक अरुण श्रेष्ठ, उत्कृष्ट फेसबुक छनोट र भ्युअर्स चोइस जेशन बराल, व्यवस्थापन छनोट सुजित जिसी, मिस्टर ह्यान्डसम सुशन श्रेष्ठ, उत्कृष्ट वर्षको प्रतियोगी अभिषेक कटवाल। सबैभन्दा योग्य रसिक लवजु र सबैभन्दा मिलनसार मनिल थापा हुन सफल भए ।
सिनियर छात्राहरु तर्फ
उत्तम पैदल यात्रा, सबैभन्दा उत्कृष्ट प्रतिभा, सबैभन्दा फोटोजेनिक रिया बोहोरा, सबैभन्दा विश्वस्त, उत्कृष्ट गायन सम्बृद्धि थापा, उत्कृष्ट नृत्य नान्सी खड्का, उत्कृष्ट भाषण कला रश्मी राई, उत्तम खाना पकाउने सोमिया खड्का, उत्कृष्ट फेसबुक छनोट, व्यवस्थापन छनोट शुभमता खाती, दर्शकको छनोट, सबैभन्दा अनुशासित सञ्जु तामाङ, मोष्ट व्युटिफुल सुप्रिया बस्नेत, प्रतिभा संग सुन्दरता हृदयानी सिलवाल, बेष्ट फिगर राचेल खत्री, उत्कृष्ट व्यक्तित्व प्रसादी बस्नेत हुन सफल भए ।
जुनियर छात्राहरू तर्फ
उत्तम पैदल यात्रा आक्सा श्रेष्ठ, ,सबैभन्दा फोटोजेनिक, सबैभन्दा विश्वस्त अदृषा तिवारी, उत्कृष्ट कला कार्य टिका डाँगी, उत्कृष्ट भाषण कला दिपिका कार्की, उत्कृष्ट नृत्य याशिका प्रधान, उत्कृष्ट गायन लकिशा भण्डारी, दिमागको साथ सुन्दरता, उत्कृष्ट अभिनय जेसिका श्रेष्ठ, सबैभन्दा अनुशासन सुस्मिता खाती, सबैभन्दा प्रतिभावान, उत्कृष्ट फेस बुक छनोट, दर्शकको छनोट स्रियंसी श्रेष्ठ, वर्षको उत्कृष्ट प्रतियोगी नाडिया खड्का, वर्षको सबैभन्दा प्यारो बच्चा रुबी खड्का, सबैभन्दा सुन्दर आरोही संजेल, सबैभन्दा गतिशील निमा यान्चेल शेर्पा, व्यवस्थापन छनोट इनिशा घिसिङ, सबैभन्दा राम्रो मुस्कान परिधि न्यौपानेहुन सफल भए ।
जुनियर छात्रहरू तर्फ
उत्तम पैदल यात्रा विशाल जिसी, सबैभन्दा विश्वस्त, सबैभन्दा प्रतिभावान सविन श्रेष्ठ, फेसबुक छनोट, उत्कृष्ट गायन, सबैभन्दा फोटोजेनिक न्युरोन लोहोला, उत्कृष्ट कला कार्य अभिषेक थापा, उत्कृष्ट भाषण कला निकेश श्रेष्ठ, उत्कृष्ट व्यक्तित्व, मिस्टर ह्यान्डसम, खाना पकाउने शौरभ श्रेष्ठ, दर्शकको छनोट युमन थापा मगर, उत्कृष्ट नृत्य अनुभव खत्री, सबैभन्दा सक्रिय, व्यवस्थापन छनोट रियान लामा, वर्षको उत्कृष्ट प्रतियोगी सक्षम लामा, सबैभन्दा अनुशासन युवन्स थापा मगर, उत्कृष्ट प्रदर्शनकर्ता सचिन ब्यान्जु, सबैभन्दा मिलनसार आयन योञ्जन हुन सफल भएहुन सफल भए ।














नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
Trump calls on Tehran to show protesters humanity amid reports of rising death toll in crackdown
Over 20 killed in train accident at China-backed project in Thailand
सेयर बजारमा झिनो अंकको सुधार
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
प्रतिक्रिया