सिरहा भन्सारद्वारा लक्षभन्दा बढी राजस्व सङ्कलन

सिरहा। सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व गरेको छ । सो अवधिमा कार्यालयले रू पाँच करोड पाँच लाख ४० हजार राजस्व सङ्कलन गरेको छ ।
प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाका अनुसार कार्यालयले पाँच महिनामा रु चार करोड ८८ लाख ५२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ४१ दशमलव ६७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको साउन महिनामा रु ९७ लाख ९५ हजार, भदौमा रु एक करोड सात लाख ७२ हजार, असोजमा रु एक करोड दुई लाख ७६ हजार, कात्तिकमा रु एक करोड चार लाख १७ हजार र मङ्सिरमा रु ९२ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ ।
गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु दुई करोड ७७ लाख ४७ हजार राजस्व वृद्धि भएको छ । कार्यालयका अनुसार गत आवको पाँच महिनाको अवधिमा रु दुई करोड ३८ लाख ९३ हजार राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य रु १२ करोड १२ लाख ९२ हजार रहेको छ । सिरहामा माडरस्थित सिरहा भन्सार, बरियापट्टीस्थित छोटी भन्सार र भगवानपुरस्थित ठाडी भन्सार कार्यालय रहेका छन् ।










दोहोरो अंकले बढ्यो सेयर बजार
‘टियागो ईभी कार्टनिभल सम्पन्न’, आशिम र समय्याले जिते ‘पीएस ५’पुरस्कार
देउवा र शेखर कोइरालाबीच भेट, के भयो कुराकानी ?
बिलबिजक नभएको सामानसहित एक जना पक्राउ
भारतमा ७ बस ठोक्किए : चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया