ठगी बढेपछि थाइल्याण्ड र म्यानमार जाने नेपालीका लागि ट्राभल एडभाइजरी जारी
मेरोन्यूज
२०८१ पुष ८ गते १७:०२

काठमाडौँ । सरकारले म्यानमार, थाइल्याण्ड, कम्बोडिया, लाओस लगायतका देशमा जान चाहनेहरूका लागि ट्राभल एडभाइजरी जारी गरेको छ ।
आकर्षक तलब सुविधाको प्रलोभन देखाएर जबरजस्ती अवैध काममा लगाइएको पाइएपछि परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरी जारी गरेको हो ।
परराष्ट्र मन्त्रालयले सोमबार यात्रासम्बन्धी सूचना (ट्राभल एडभाइजरी)जारी गर्दै ती मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकहरूलाई सावधानी अपनाउन अपिल गरेको छ ।
वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्याइ अलपत्र पार्ने एवं प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यहरूमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैर कानुनी कार्यहरू नगर्न र नगराउन पनि मन्त्रालयले भनेको छ ।

सम्बन्धित
प्रतिक्रिया