महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनीको आयोजना

काठमाडौँ । उद्यमी महिलाले तयार गरेको विभिन्न सीप तथा व्यवसायमूलक उत्पादनका सामग्रीहरूको बिक्री तथा प्रर्दशनका लागि आयोजना गरिएको विन्टर कार्निभल २०२४ सम्पन्न भएको छ ।
बुढानीलकण्ठ नगरपालिका स्थित इटालीटारमा रहेको सुम्दिमा सिल्क प्लालेसको परिसरमा आयोजना गरिएको कार्यक्रम नगरपालिकाकी उपप्रमुख अनिता लामा, चर्चित अभिनेत्री मनीषा कोइरालाले सयुक्त रूपमा शुभारम्भ गरेका थिए ।
बुढानिलकण्ठ इटलीटारमा रहको सुम्दिमा सिल्क प्लालेस र वेलकम इभेन्ट म्यानेजमेन्टले आयोजना गरिएको कार्यक्रममा हस्तकलाका सामग्री, बिभिन्न कपडाहरू, घरेलु उत्पादित विभिन्न खाद्य पदार्थ अन्तराष्ट्रिय ब्राण्डका तयारी पोशाकहरु प्रर्दशनीका साथै बिक्री गरिएको थियो ।
उपप्रमुख लामा र अभिनेत्री कोइरालाले महिलाहरूको सीप र उद्यमशीलता प्रवर्द्धनका लागि व्यवस्थित र सुन्दर संयोजन सहितको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दे उद्यमशीलता प्रवर्द्धनमा सँगसँगै हुने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा मनिषा भट्टराई वासकोटा र अनु पाठकले संयोजन गरेका थिए ।















मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया