क्रिसमसको अवसरमा नामीले ल्यायाे ‘भाटभटेनी विथ नामी’ योजना, ग्राहकलाई सर्प्राइज् गिफ्ट

काठमाडौँ । क्रिसमसको अवसरमा नामीले देशभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्ने भएको छ ।
कम्पनीले डिसेम्बर २३ देखि २५ (सोमबारदेखि बुधबार) सम्म , काठमाडौँ उपत्यका र डिसेम्बर २५ मा उपत्यका बाहिरका भाटभटेनीहरूमा आउने ग्राहकहरूलाई लक्षित गरी नामीसँग क्रिसमसमा रमाइलो गर्ने अवसर ल्याएको हो ।
सो अवधिमा ग्राहकहरूले सान्ता क्लॉसलाई भेट्ने, सर्प्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी, नामीको टेस्ट ड्राइभ गर्ने मौका पाउनेछन्। ‘अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी’ सोमबारदेखि नै सुरु भइसकेको छ ।
काठमाडौँ उपत्यकाभित्र भक्तपुर, कोटेश्वर, सानागाउँ र टोखाका भाटभटेनी सुपर मार्केटमा उक्त योजना डिसेम्बर २५ सम्म चल्नेछ।
डिसेम्बर २५ (बुधबार) मा काठमाडौँ उपत्यका बाहिर विस्तार भएर नेपालका प्रमुख शहरहरूका भाटभटेनी स्थानहरू वीरगन्ज, विराटनगर, चितवन, पोखरा, र बुटवलमा समेत ग्राहकहरूले यस्को अनुभव लिन पाउने कम्पनीले जनाएको छ ।
काठमाडौँ उपत्यका बाहिर पनि यसमा सहभागीहरूले सान्ता क्लॉसलाई भेट्ने अवसरहरू र विशेष सर्प्राइज उपहारहरू प्राप्त गर्न पाउनेछन् ।
यसबाहेक, ग्राहकहरूले द बिग ह्याच नामीको टेस्ट ड्राइभ गरी यसका लक्जरियस फिचर्स्हरू आफैं अनुभव गर्न सक्नुहुनेछन्। कम्पनीले नामीसँग टेस्ट ड्राइभ र सरप्राइजको रमाइलो उत्सवमा सहभागी हुन आग्रह गरेको छ ।















हुरीका कारण झापामा केराखेतीमा क्षति
छोरीसँगै किमजोङ द्वारा रकेट प्रहार अभ्यास अवलोकन
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु
पितृशोकमा रहेका ओलीलाई भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया