आइतबार, चैत १, २०८२

बजाज फाइनान्स मेला २०२४ नक्सालस्थित बाइकर्स क्याफेमा सुरु हुँदै

मेरोन्यूज २०८१ पुष ९ गते १४:५०

काठमाडौं। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पुष १० गतेदेखि १६ गतेसम्म नक्सालस्थित बाइकर्स क्याफेमा विशेष फाइनान्स मेला २०२४ आयोजना गर्ने भएकाे छ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीका अनुसार यस फाइनान्स मेलामा सेवा शुल्क शून्य रहने र अन्य कुनै अतिरिक्त शुल्क नहुने भएको छ।

त्यसैगरी ९.९९% ब्याजदरमा फाइनान्स सुविधा, ३६ महिनासम्मको लचिलो किस्ताबन्दी योजना र १ घण्टाभित्रै ऋण स्वीकृत हुनेजस्ता विशेष सुविधा पनि उपलब्ध हुनेछन्। प्रत्येक खरिदमा ग्राहकहरूले निःशुल्क एक्सेसरी समेत प्राप्त गर्नेछन्।

बजाज मोटरसाइकलका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले ग्राहकहरूको सहजता र खुशीलाई प्राथमिकतामा राख्दै कम्पनीले फाइनान्स मेला २०२४ ल्याएको बताएका छन्।

बजाज मोटरसाइकलका ग्राहकहरूका लागि यो फाइनान्स मेला एक सुनौलो अवसर हुनेछ। कार्यक्रममा सहभागी भई यी विशेष अफरहरूको लाभ उठाउन ग्राहकहरूलाई कम्पनीले आग्रह गरेको छ।

प्रतिक्रिया