कुशल मल्लले युएईको इन्टरनेसनल लिग टी-२० खेल्ने
मेरोन्यूज
२०८१ पुष ९ गते १७:०३

काठमाडौं। यूएईको इन्टरनेशनल लिग टी–२० आईएलटी–२० को टोली द डिजर्ट भाइपर्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल मल्ललाई अनुबन्ध गरेको छ ।
मंगलबार भाइपर्सले आफ्नो सामजिक सञ्जालमार्फत कुशललाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
हालै सम्पन्न नेपाल प्रिमियर लिगमा कुशलले राम्रो प्रदर्शन गरेका थिए । उनले २२३ रन बनाएका थिए भने ९ विकेट लिएका थिए ।
बायाँ हाते ब्याट्सम्यान र बायाँ हाते स्पिन बलर मल्लले फेब्रुअरी २०२० मा अमेरिकाविरुद्ध १५ वर्ष र ३४० दिनको उमेरमा आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए।
यूएईमा आईएलटी–२० जनवरी ११ देखि फेब्रुअरी ९ सम्म आयोजना हुनेछ ।
सम्बन्धित











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया