कुशल मल्लले युएईको इन्टरनेसनल लिग टी-२० खेल्ने
मेरोन्यूज
२०८१ पुष ९ गते १७:०३

काठमाडौं। यूएईको इन्टरनेशनल लिग टी–२० आईएलटी–२० को टोली द डिजर्ट भाइपर्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल मल्ललाई अनुबन्ध गरेको छ ।
मंगलबार भाइपर्सले आफ्नो सामजिक सञ्जालमार्फत कुशललाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
हालै सम्पन्न नेपाल प्रिमियर लिगमा कुशलले राम्रो प्रदर्शन गरेका थिए । उनले २२३ रन बनाएका थिए भने ९ विकेट लिएका थिए ।
बायाँ हाते ब्याट्सम्यान र बायाँ हाते स्पिन बलर मल्लले फेब्रुअरी २०२० मा अमेरिकाविरुद्ध १५ वर्ष र ३४० दिनको उमेरमा आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए।
यूएईमा आईएलटी–२० जनवरी ११ देखि फेब्रुअरी ९ सम्म आयोजना हुनेछ ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया