आइतबार, चैत १, २०८२

स्वदेशी पुँजीमै ठूला परियोजनामा लगानी गर्ने क्षमता बढेको छ: महासंघ अध्यक्ष ढकाल

मेरोन्यूज २०८१ पुष ९ गते १९:३५

तनहुँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आज तनहुँको भानु नगर महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी पुँजी परिचालनलाई महत्त्व दिंदै १० अर्व पुँजीको लगानी कम्पनी समेत स्थापना भएको जानकारी गराए । उनले लगानी परियोजना प्रस्ताव गर्न आग्रह पनि गरेका छन् ।

नेपालको पर्यटन, ऊर्जा, सूचना प्रविधि र कृषि उत्पादनका क्षेत्रमा अवसर नै अवसर भएकाले लगानीका लागि वित्तीय प्रबन्ध जुटाउन तथा साझेदारी गर्न नयाँ कम्पनी बनेकाले यसबाट फाइदा लिन पनि स्थानीय उद्योगीहरुलाई आग्रह गरे ।

महासंघको आग्रहमा नेपाल सरकारले लगानीमा अवरोध हुने ठानिएका कानुन सुधार गरिरहेकाले पनि लगानीका लागि उपयुक्त अवसर सृजना भइरहेको अध्यक्ष ढकालले उल्लेख गरे ।

पर्यटक आगमन बढिरहेको, रेमिटेन्स मार्फत वैदेशिक मुद्रा पर्याप्त रहेको तथा बैकिग क्षेत्रमा पर्याप्त तरलता र ब्याजदर पनि सन्तुलित भइरहेकाले लगानीका लागि उपयुक्त समय आएको पनि अध्यक्ष ढकालको भनाइ थियो ।

भानुभक्त आचार्यको जन्मस्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउन र स्थानीय उत्पादनको प्रर्वद्धनमा भइरहेका प्रयासमा साथ दिइरहेको बताउँदै अध्यक्ष ढकालले भानु नगरलाई शुभकामना समेत व्यक्त गरे ।

प्रतिक्रिया