आफुलाई किन अनुशासनहीन भन्छन् आमिर ?

काठमाडौं । अभिनेता आमिर खान यतिबेला आफ्नो आगामी फिल्म ‘सितारे जमीं पर’ को सुटिङ गरिरहेका छन् । यो फिल्म आगामी वर्ष (सन् २०२५) मा रिलीज हुनेछ।
हालै आमिरले एक अन्तरवार्तामा आफुलाई निकै अनुशासनहीन बताएका छन् । नाना पाटेकरसँग कुराकानी गर्दै आमिरले आफुलाई यस्तो भनेका हुन् ।
आमिरले भने-म धेरै अनुशासनहीन छु । नानाले सोधे- समयमै सुटिङमा जानुहुन्छ ? त्यसोभए किन अनुशासनहीन ? आमिरले जवाफ दिए- होइन , फिल्मको मामलामा होइन। म पाइप (सिगरेट) धुम्रपान गर्छु। अहिले रक्सी त्यागेको छु, तर कुनै बेला पिउँथे । र जब म पिउँथे, रातभर पिउँथे।’
नानाले आमिरलाई रोकेर भने- ‘बानी त्यतिबेला खराब हुन्छ, जतिबेला तपाईं त्याे धेरै गर्नुहुन्छ ? आमिरले तुरुन्तै भने- हो त्यसो भए मलाई के समस्या छ, म चरम मान्छे हुँ । म जे गर्छु चाहिनेभन्दा धेरै गरिरहन्छु। यो राम्रो कुरा होइन। मलाई यसको अनुभूति छ, म आफैंलाई थाहा छ म गलत गरिरहेको छु, तर म आफूलाई रोक्न सक्दिन। मेरो खराब बानी छ, म धेरै अनुशासनहीन छु। फिल्म नआएसम्म ममा त्यो परिवर्तन आउँदैन । म फिल्मको लागि कडा अनुशासन पालन गर्छु।’
नानाले आमिरलाई लगातार फिल्महरू गर्न सल्लाह दिएका छन् । उनले भने- ‘फिल्म हाम्रो औषधि हो । म तपाईंलाई लगातार फिल्महरू गर्न सल्लाह दिन्छु।’ जवाफमा आमिरले भने-‘मैले सोचेको छु अब वर्षमा एउटा फिल्म गर्छु ।’
















नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया