आफुलाई किन अनुशासनहीन भन्छन् आमिर ?

काठमाडौं । अभिनेता आमिर खान यतिबेला आफ्नो आगामी फिल्म ‘सितारे जमीं पर’ को सुटिङ गरिरहेका छन् । यो फिल्म आगामी वर्ष (सन् २०२५) मा रिलीज हुनेछ।
हालै आमिरले एक अन्तरवार्तामा आफुलाई निकै अनुशासनहीन बताएका छन् । नाना पाटेकरसँग कुराकानी गर्दै आमिरले आफुलाई यस्तो भनेका हुन् ।
आमिरले भने-म धेरै अनुशासनहीन छु । नानाले सोधे- समयमै सुटिङमा जानुहुन्छ ? त्यसोभए किन अनुशासनहीन ? आमिरले जवाफ दिए- होइन , फिल्मको मामलामा होइन। म पाइप (सिगरेट) धुम्रपान गर्छु। अहिले रक्सी त्यागेको छु, तर कुनै बेला पिउँथे । र जब म पिउँथे, रातभर पिउँथे।’
नानाले आमिरलाई रोकेर भने- ‘बानी त्यतिबेला खराब हुन्छ, जतिबेला तपाईं त्याे धेरै गर्नुहुन्छ ? आमिरले तुरुन्तै भने- हो त्यसो भए मलाई के समस्या छ, म चरम मान्छे हुँ । म जे गर्छु चाहिनेभन्दा धेरै गरिरहन्छु। यो राम्रो कुरा होइन। मलाई यसको अनुभूति छ, म आफैंलाई थाहा छ म गलत गरिरहेको छु, तर म आफूलाई रोक्न सक्दिन। मेरो खराब बानी छ, म धेरै अनुशासनहीन छु। फिल्म नआएसम्म ममा त्यो परिवर्तन आउँदैन । म फिल्मको लागि कडा अनुशासन पालन गर्छु।’
नानाले आमिरलाई लगातार फिल्महरू गर्न सल्लाह दिएका छन् । उनले भने- ‘फिल्म हाम्रो औषधि हो । म तपाईंलाई लगातार फिल्महरू गर्न सल्लाह दिन्छु।’ जवाफमा आमिरले भने-‘मैले सोचेको छु अब वर्षमा एउटा फिल्म गर्छु ।’













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया