मंगलबार, पुष १, २०८२

तोलामा ६०० रुपैयाँले बढ्यो सुन, भाउ कति ?

मेरोन्यूज २०८१ पुष ११ गते ११:०३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य तोलाको एक लाख ४९ हजार ७ सय रुपैयाँ रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । आज चाँदीको मूल्य हिजोजस्तै तोलाको एक हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया