आइतबार, चैत १, २०८२

ज्योति विकास बैंक ‘एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्सन’ अवार्डबाट सम्मानित

मेरोन्यूज २०८१ पुष ११ गते १९:०६

काठमाडौं । ज्योति विकास बैंकले उत्कृष्ट डिजिटल सेवाको साथै सबैभन्दा बढी डिजिटल कारोबार गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेकोमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) द्वारा ” एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्सन” अवार्डबाट सम्मानित भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

एनसीएचएलको १६औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई विकास बैंकहरूमध्ये उत्कृष्टताको लागि यो प्रतिष्ठित अवार्ड प्रदान गरेका हुन् ।  

ज्योति विकास बैंकले प्रविधिमैत्री र ग्राहक केन्द्रित सेवाहरूलाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेशन र नवीनतम प्रविधि मार्फत नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै सबल र सुदृढ डिजिटल बैंकिङ निर्माणलाई निरन्तरता दिंदै आएको छ।  

बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्ने अनलाइन र मोबाइल बैंकिङ्ग प्लेटफर्महरूलाई सुव्यवस्थित गर्दै विभिन्न आधुनिक डिजिटल बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउँदै आएको छ। बैंकले विकास बैंकहरूमा पहिलोपटक भ्वाइस अडियो बक्स क्यूआर सेवा सुरु गरी क्यूआर मर्चेन्टहरूको सहजता सुनिश्चित गरेको छ। यसैगरी, डिजिटल बैंकिङ्ग र नगद रहित कारोबार प्रवर्द्धन गर्दै क्रस-बोर्डर भुक्तानी सेवा पनि सञ्चालन गरेको छ।  

मोबाइल बैंकिङ्ग एपमार्फत् मुद्दती खाता खोल्न सकिने सुविधा, ज्योति स्मार्ट एपमार्फत् एटीएमबाट पैसा झिक्न सकिने कार्ड बिना नै रकम झिक्न सकिने सेवा, चेक बिना नै काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी रकम झिक्न सकिने स्क्यान र विथड्र सेवा, अनलाइनबाटै खाता खोल्न र सुरु गर्न भिडियो केवाइसी सुविधालगायत थुप्रै आधुनिक बैंकिङ्ग सेवाहरू बैंकले उपलब्ध गराएको छ। यसका साथै, देशभरिका व्यवसायीलाई नि:शुल्क क्यूआर कोड सेवा प्रदान गर्दै बैंकले डिजिटल कारोबारलाई थप प्रोत्साहित गर्दै डिजिटल बैंकिङ्गको विकासमा महत्वपूर्ण योगदान दिइरहेको छ। अत्याधुनिक डिजिटल अभ्यासहरूलाई उच्च प्राथमिकता दिंदै बैंकसँगको कारोबारलाई थप सबल र प्रभावकारी बनाउन बैंक प्रतिवद्ध छ।  

डिजिटल बैंकिङ्गको प्रयोग बढेसँगै बैंकले सोही प्रक्रियामा आवश्यक पर्ने पासवर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य विवरण सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगी विरुद्ध सचेत हुन जोड दिएको छ ।

प्रतिक्रिया