शनिबार, वैशाख २०, २०८२

बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन

मेरोन्यूज २०८१ पुष ११ गते १८:०५

काठमाडौं। काठमाडौँ। सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

उनका अनुसार बीमा प्राधिकरण सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहनेछन् ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल माथि भ्रष्टाचार मुद्दा लागेपछि सो पद अहिले खाली छ ।

प्रतिक्रिया