हुन्डाईको आयोनिक ५ ईभीले गर्यो धेरै उचाइको विश्व कीर्तिमानी सडक यात्रा

काठमाडौं । हुन्डाई मोटर कम्पनीको आयोनिक ५ विद्युतीय गाडी (ईभी)ले विश्व कीर्तिमानी राख्न सबैभन्दा धेरै उचाइ परिवर्तन हुने सडकमा यात्रा गरेको छ । यो कीर्तिमानीको प्रयास हुन्डाई मोटर इन्डिया लिमिटेडले आयोजना गरेको थियो ।
यसका लागि आयोनिक ५ ले सबैभन्दा धेरै उचाइमा रहेको ड्राइभ गर्न सकिने विन्दु पाँच हजार ८०२ मिटरको उचाइसम्मको यात्रा गरेको हो । यो यात्रा भारतको लेलद्दाखस्थित समुद्री सतहभन्दा पाँच हजार ७९९ मिटर अग्लो उम्लिङ लाबाट सुरु भएर समुद्री सतहबाट तीन मिटर गहिराइमा रहेको केरलाको कुट्टानाड पुगेर टुंगिएको कम्पनीले जनाएको छ ।
चार हजार ९०० किलोमिटरको सहज र जटिलतासहितको यो यात्रा १४ दिनमा पूरा गरेको कम्पनीले बताएको छ । यसले गाडीको रेजिलेन्स, अत्याधुनिक प्रविधि र पर्फमेन्सको अब्बलता झल्काएको कम्पनीको विश्वास छ ।
आयोनिक ५ ईभीले जटिल वातावरणमा नेभिगेट गर्नसक्ने, हिमालयको चिसो तापक्रम, पहाडी बाटो र केरलाको आद्रतासहितको तटीय क्षेत्रमा यात्रा, हिमालयको चिसो तापक्रम र ठाडो पहाडी पासदेखि आद्रता भएको केरलाको तटीय क्षेत्रसम्मको यात्रा गरेको कम्पनीले जनाएको छ ।















भोजपुरमा आजदेखि सुरु भयो ‘वन डढेलो व्यवस्थापन सप्ताह’
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
स्रोत नखुलेको नगदसहित काठमाडौँबाट दुई जना पक्राउ
धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया