मलाई एटीएम कार्ड प्रयाेग गर्न आउँदैन, पैसा चाहिए श्रीमतिसँग माग्छु : अमिताभ बच्चन

काठमाडाैं। बलिउड अभिनेता अमिताभ बच्चन यतिबेला आफ्नो शो ‘कौन बनेगा करोडपति सिजन- १६’ लाई लिएर चर्चामा छन्।
हालै साे हाेस्ट गर्ने क्रममा अभिनेताले पत्नि जया बच्चनसँग जोडिएको एउटा घटना सेयर गरेका छन् । उनले आफूलाई एटीएम कार्ड चलाउन नआउने र नगद पनि आफू नराख्ने गरेकाे खुलासा गरेका छन् ।
यस एपिसोडमा ‘इन्डिया च्यालेन्जर वीक’की प्रतियोगी प्रियंका हट सिटमा बसेकी थिइन् । कार्यक्रममा उनले अमिताभलाई धेरै रोचक प्रश्न सोधिन् । प्रियंकाले सोधिन्, ‘तपाईंले कहिल्यै एटीएमबाट पैसा निकालेर आफ्नो ब्यालेन्स चेक गर्नुभएको छ ? यस प्रश्नको जवाफमा अमिताभले मुस्कुराउँदै भने- ‘म न त एटीएम गएकाे छुँ, न त नगद साथमा राखेकाे छुँ, किनकी एटीएम कसरी चलाउने थाहा छैन । तर जया जीसँग सधैं नगद हुन्छ, त्यसैले म उहाँसँग माग्छु।’
यस कुराकानीमा प्रियंकाले अर्को प्रश्न गरिन्, ‘जब म अफिसबाट घर जान्छु, आमाले धनिया वा केही ल्याउन भन्नुहुन्छ ? जया म्याडमले पनि यसरी भन्नुहुन्छ ? अमिताभले हाँस्दै भने, ‘पक्कै पनि उनी भन्छिन्।’
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया