दुई तिहाइको सरकार छ र पनि केही गरेकाे छैन : बालेन शाह

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुनेस्थित व्यक्तिबाट सरकारले कब्जा गरेको जग्गाको मुआब्जा अहिलेसम्म नदिएको भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबारबाट काठमाडौंमा सुरु कोटेश्वर महोत्सवको उद्घाटन गर्दै शाहले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले लामो समयदेखि रोकिएर रहेको तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । अहिले दुईतिहाइको सरकार हुँदा पनि मुआब्जा प्रक्रिया अघि बढ्न नसकेको उनले बताए ।
‘जग्गाधनीलाई विशेष धन्यवाद । पचासौँ वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कमजोर सरकार हुँदा अपोजिसनले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो । यसपालि दुई तिहाइको सरकार छ र पनि केही गरेकै छैन’, उनले भने, ‘व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो । मुआब्जा दिन चाँडै प्रक्रिया होस् भन्ने शुभकामना मात्रै दिन सकिन्छ ।’
प्रतिक्रिया