आइतबार, वैशाख ७, २०८२

“कृतिमतामा बाँचेको प्रेम”

मेरोन्यूज २०८१ पुष १३ गते ८:२८

काठमाडौं, पुस १३।

खै !
प्रेमको परिभाषासमेत
फेरिन थालेछ कि ?
अचेल
पहिले माया साट्न आउँथे
जीवनभरी साथ दिने
सँगै मर्ने सँगै बाँच्ने
बाचा कसम खाने गर्थे ………..
..
..
..
तर !
अहिले ……..
माया साट्न हैन
शरीर साट्न आउँछन्
सायद
अनि जीवनभरी दाग
दिएर जान्छन् …………
..
..
..
अचेल !
न त नारी
संयमित देखिन्छन
न त पुरुष नै मर्यादित
आखिर
प्रेमलाई अचेल
माया र बन्धनको कसिलो डोरी हैन
खहरे खोला सम्झिन्छन्
मान्छेहरू
त्यही खहरे खोलामा
डुबुल्की मारेर जान्छन्
अनि आफू
चोखिएको सम्झिन्छन्
सायद
माया, प्रेम र भावनाभन्दा
कृतिमतामा
बाँच्न सिकेका छन् अचेल……..

(सी.जी. “निर्मलश्री” टीकापुर, कैलाली हाल : काठमाडौं)

प्रतिक्रिया