आइएमईद्वारा रोकायालाई एक करोडको चेक
मेरोन्यूज
२०८१ पुष १३ गते २०:०६

काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमई ग्रुपले उनको घरमै पुगेर चेक हस्तान्तरण गरेको छ ।
जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको हो ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित बल्मी टोल निवासी रोकायालाई शनिवार उनकै निवासमा पुगेर आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तानान्तर गर्दै ढकालले विदेशमा रहेका नेपालीहरूले कमाएको पैसा नेपाल पठाउने विश्वासिलो माध्यमसँगै वैदेशिक रोजगारीमा रहेकाहरूको सपना पूरा गर्ने माध्यम आइएमई बन्न सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।
चेक बुझदै गर्दा रोकायाले आफ्ना बाबु आमाका लागि घर बनाउने सपना रहेको पनि जानकारी दिइन् ।
सम्बन्धित








विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
गभर्नरलाई बर्खास्तीको माग गर्दै जेन–जी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र
राजधानीमै छैन पर्यटक बसको बसपार्क
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रतिक्रिया