सेयर बजारमा २१.१२ अंकको गिरावट

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएको छ ।
आज तीन सय १६ कम्पनीको एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता शेयर ६६ हजार सात सय ७४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ४७ करोड ४८ लाख ६८ हजार सात सय ६४ बराबरको कारोबार भएको हो ।
लघुवित्त एक दशमलव १२, म्युचुअफ फन्ड शून्य दशमलव १८ र अन्य समूह शून्य दशमलव २९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । वित्त समूह सबैभन्दा धेरै चार दशमलव ४७ र विकास बैंक समूह दुई दशमलव ६५ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव ६१, जलविद्यूत् एक दशमलव ७३, लगानी शून्य दशमलव ६६, जीवन बीमा शून्य दशमलव २९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८१, निर्जीवन बीमा शून्य दशमलव १२ र व्यापार समूह एक दशमलव ०३ प्रतिशतले घटेको छ ।
आज पाँच वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, जानकी फाईनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको रू २६ करोड १० लाख ८२ हजार छ सय ६४ बराबरको १० लाख ६५ हजार छ सय ५५ कित्ता शेयर किनबेच भएको छ ।







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया