यामाहा ब्लू स्ट्रिक्सका च्याप्टर लिडरहरूले लिए विशेष रोड मार्शल प्रशिक्षण

काठमाडौँ । ब्लु स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिङ इभेन्टको सफलतापछि यामाहाले आफ्नो वितरक एमएडब्लू राइड्समार्फत नेपालभरका आफ्ना च्याप्टर लिडरहरूका लागि आधारभूत रोड मार्शल तालिमको आयोजना गरेको छ ।
उक्त तालिम यामाहा ब्लू स्ट्रिक्सका लिडरहरूलाई सुरक्षित र व्यवस्थित टुरिङ र सामूहिक सवारीको नेतृत्व गर्न आवश्यक सीपहरू प्रदान गर्ने महत्त्वपूर्ण कदमको रूपमा रहेको बताइएकाे छ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)को तालिम तथा मार्शल आयोगद्वारा सञ्चालित उक्त तालिम सडक सुरक्षा, सामूहिक सवारी व्यवस्थापन र प्रभावकारी सञ्चारका आधारभूत कुरामा केन्द्रित रहेको थियो ।
सत्रले यामाहाको राइडर समुदायमा जिम्मेवारी र सुरक्षाको संस्कृतिलाई बढावा दिँदै सहज र सुरक्षित सवारी सुनिश्चित गर्न व्यावहारिक अन्तर्दृष्टि समेत प्रदान गर्यो ।
कार्यक्रममा सुर्खेत, इटहरी, काठमाडौँ (पेप्सीकोला, महाराजगञ्ज, कलङ्की), भक्तपुर, सिन्धुली, पोखरा लगायतका क्षेत्रका यामाहा ब्लु स्ट्रिक्सका लिडरहरूको सहभागिता रहेको थियो ।
अन्तरक्रियात्मक मोड्युलहरू र वास्तविकतामा आधारित परिदृश्यहरूमार्फत् यामाहा राइड-आउट कार्यक्रमहरू र सामुदायिक सवारी दुवै सहज र दुर्घटनारहित बनाउनका लागि यी लिडरहरूलाई रोड मार्शलको भूमिका निर्वाह गर्न सशक्त बनाउने प्रशिक्षणको उद्देश्य रहेको थियो ।
एमएडब्लू राइड्सका कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले यस पहलको बारेमा आफ्नो विचार व्यक्त गर्दै भने, “नेतृत्व भनेको मार्गदर्शन मात्र होइन, यो जिम्मेवारी पनि हो। हाम्रा ब्लु स्ट्रिक्स लिडरहरूलाई ज्ञान र सीपहरूद्वारा सशक्त बनाउने यामाहाको प्रतिबद्धता अनुरुप यो तालिम सञ्चालन गरिएको हो । वहाँहरूले आत्मविश्वासका साथ र सुरक्षित रूपमा सवारीको नेतृत्व गर्न आवश्यक छ। हामी एक यस्तो संस्कृति सिर्जना गर्दैछौँ जहाँ सवारीको लागि जुनून र उच्चतम सुरक्षा मापदण्ड सँगसँगै हुन्छ।”









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया