शान्तिनगरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं। अंग्रेजी नयाँ वर्षको अवसरमा वरिष्ठ अर्थोपेडिक सर्जन तथा अर्थोपेडिक अस्पताल जोरपाटीका निर्देशक डा. कैलाश भण्डारीको संयोजनमा काठमाडौं—३१ शान्तिनगरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
शनिबार फ्रन्टलाइन अस्पताल र दावाली मिलन क्लब काठमाडौंको संयुक्त आयोजनामा भएको निःशुल्क सिविरमा २५० बढी स्थानीयवासीले सेवा लिएका थिए। स्थानीय सिदेश्वर माविमा भएको सो शिविर वडा नं ३१ को सहकायर्मा सम्पन्न भएको हो ।
शिविरमा अर्थोपेडिक अस्पताल जोरपाटी, फ्रन्टलाइन अस्पताल र सिभिल अस्पताल मीनभवनका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएको संयोजक डा. भण्डारीले जानकारी दिए ।
स्वास्थ्य शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसुती रोग, छाला रोग, क्यान्सर रोग, आँखा रोग, मुटु रोग, मुख तथा दाँत रोग, बाल रोगको सेवाहरु उपलब्ध रहेका थिए ।
डा. भण्डारीले नयाँ वर्षमा नयाँ काम गरौं र समाजलाई सहयाग गरौं भन्ने भावनासहित शिविर सञ्चालन गरिएको बताए । उनले काठमाडौं बाहिर निःशुल्क स्वास्थ्य शिविर राखे पनि काठमाडौं उपत्यकामा लक्षित गरी अहिले शिविर सञ्चालन गरेको जानकारी दिए ।
सुकुम्वासी र निम्न वर्गका नागरिकहरुका लागि समाजप्रतिको दायित्व निर्वाह गर्न स्वास्थ्य शिविर राखेको उनको भनाइ थियो । ‘पछिल्लो समय नकारात्मकता बढी फैलिरहेको अवस्थामा समाजमा सकारात्मक उर्जा दिन कार्यक्रम राखिएको हो,’ उनले भने, ‘महिनामा दुई पटक शिविर सञ्चालन गर्ने तयारी गरेका छौं ।’
शिविरमा वडा नं ३१ का वडाध्यक्ष सरोज ढकाल, बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछानेलगायतको उपस्थिती रहेको थियो ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया