आइतबार, वैशाख ७, २०८२

काठमाडौं र ललितपुरमा २ जना मृत भेटिए

मेरोन्यूज २०८१ पुष १७ गते १५:०७

काठमाडौं । काठमाडौं र ललितपुरमा २ जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ टुसालस्थित आफ्नै निर्माणाधीन घरमा दोलखा घर भएका ६६ वर्षीय तिलक बहादुर श्रेष्ठ मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै ललितपुर महानगरपालिका-४ धोवीघाट बस्ने बर्दिया घर भएकी १८ वर्षीया सिम्रन थारू आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

दुवै घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया