सेयर बजारमा सामान्य सुधार, काराेबार रकम साढे ३ अर्ब
मेरोन्यूज
२०८१ पुष १७ गते १५:३२

काठमाडौं । बुधबार सेयर बजार आज सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशलमव १० अंकले बढेर २,५८१ को विन्दुमा कायम भएको हो ।
बुधबार १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३०५ कम्पनीको ९४ लाख ३४ हजार ९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५९ करोडको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । यसदिन कम्पनीको २१ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको ९ करोड ६९ लाख ६० हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्रिशुली जलविद्युत कम्पनीको ९ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा धेरै त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
सम्बन्धित










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया