उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गाईघाट (उदयपुर)। बेलका नगरपालिका-२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान प्रदेश १-०४०० १ त१३३२ नम्बरको ट्याक्टर बानडाँडा क्षेत्रमा खेत जोत्न जाने क्रममा गिदेरी खोलाको उकोलोमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्याक्टर चालक बेलका-२ बानडाँडाका १८ वर्षीय सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय रामपुरको टोली घटनस्थल पुगेर मृतकको शवलाई पोष्टमार्टम (मृत्युपश्चात् गरिने शवको जाँच) का लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पताल पठाएको उनले बताए ।
“ट्याक्टरमा खेत जोत्ने उपकरण (रोटाजेटर) जडान गरिएको थियो । गिदेरी खोलाको उकाले चढ्ने क्रममा ट्याक्टरलाई लोड पर्न गई उक्त उपकरण खसेर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छौँ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु भइसकेको छ”, प्रहरी नायब उपरीक्षक थापाले भने ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया