यस्ता छन् काजुयुक्त दूध सेवनका ५ फाइदाहरु

पछिल्ला केही वर्षयता काजूयुक्त दूधको लोकप्रियता निकै बढेको छ । काजूको दूध पिउनुका धेरै स्वास्थ्य लाभहरू छन् । यो दूधले धेरै रोग लाग्नबाट जोगाउन मद्दत गर्छ । काजूको दूध एक क्रीमयुक्त र पौष्टिक दूध हो ।
यस दुधलाई क्रीमयुक्त बनाउन भिजेका काजूलाई पानीमा मिसाइन्छ । काजूको दूधमा धेरै आवश्यक भिटामिन र मिनरल्स प्रशस्त हुन्छ, जसले स्वास्थ्यलाई धेरै फाइदा पुर्याउन सक्छ । यदि तपाईंले अहिलेसम्म यो स्वादिष्ट दूधको स्वाद चाख्नुभएको छैन भने, तपाईंले यसलाई आजबाट पिउन सुरु गर्नुहोस् ।
किनभने यसका धेरै फाइदाहरू छन्। काजूयुक्त दूध पिउनुका फाइदाहरु
१. मुटुको स्वास्थ्यमा सुधार गर्छः काजूको दूधमा कम संतृप्त फ्याट र बढी असंतृप्त फ्याट हुन्छ । यही कारण हो कि काजूको दूधले मुटुको स्वास्थ्यलाई बढाउँछ । यसले एलएडिएल अर्थात् खराब कोलेस्ट्रोलको स्तर घटाउन मद्दत गर्छ, जसले हृदय रोगको जोखिम बढाउने काम गर्छ । काजूमा तामा र भिटामिन ई प्रचुर मात्रामा पाइन्छ । यी दुवै रक्तनलीहरूको कामका लागि राम्रो हुन्छ ।
२. तौल घटाउन सहयोगीः काजूको दूधमा भिटामिन बी प्रशस्त हुन्छ, जुन कार्बोहाइड्रेट मेटाबोलिज्मका लागि आवश्यक हुन्छ । यसले तौल घटाउन मद्दत गर्न सक्छ ।
३. आँखाका लागि लाभदायकः काजूको दूध, ल्युटिन र जिज्याथिनजस्ता एन्टिअक्सिडेन्टहरूले भरिपूर्ण, फ्रि रेडिकलहरूले आँखामा हुने सेलुलर क्षतिलाई रोक्न मद्दत गर्दछ । काजूको दुधको सेवनले आँखा बिगार्ने मेकुलर डिजेनेरेशनको जोखिम कम गर्छ, ।
४. प्रतिरक्षा प्रणालीको लागि राम्रोः काजूको दूधमा जिंक हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ । एकै समयमा, यसको उच्च एन्टिअक्सिडेंट गुणहरूले शरीरमा सुन्नाई कम गर्न पनि मद्दत गर्दछ ।
५. हड्डीका लागि फाइदाजनकः केही अध्ययनहरूले पत्ता लगाएको छ कि काजूको दूधमा पोटासियम, क्याल्सियम र म्याग्नेसियमको उपस्थितिको कारणले हड्डीलाई सुरक्षा प्रदान गर्दछ । यसमा भिटामिन के पनि हुन्छ, जुन हड्डी निर्माण गर्ने उत्कृष्ट तत्व हो ।
एजेन्सीको सहयोगमा
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया