कृति सेननमाथि आराेप- फिल्म पाएपछि प्रेमीलाई धाेका दिइन्

काठमाडौं। बलिउड अभिनेत्री कृति सेनन आफ्नो पर्सनल लाइफलाई लिएर निकै चर्चामा रहन्छिन् । यतिबेला नायिका आफ्ना प्रेमी कबिर बहियाको कारण चर्चामा छिन् ।
यसैबीच, कृतिमाथि पूर्व प्रेमीलाई धोका दिएको आरोप लगाइएको छ। सामाजिक सञ्जालमा यो आरोप लगाउने व्यक्तिले आफू कृतिको कलेज साथी भएको दाबी गरेका छन् ।
कृति सेननले हालै पोडकास्टमा आफ्नो पर्सनल लाइफका केही कुरा सेयर गरेकी थिइन्, जसका कारण उनी धेरै ट्रोल भइन् । यस पोडकास्टमा उनले भनेकी छन् ‘यदि कसैले मलाई गलत गर्छ भने, म उसलाई दोस्रो मौका दिन्न।’
यो पोडकास्ट सार्वजनिक भएसँगै एक प्रयोगकर्ताले कमेन्टमा उनीविरुद्ध आरोप लगाएका हुन् । उनले लेखेका छन्, ‘कृति मेरो कलेज जेपी युनिभर्सिटीकी हुन्, त्यतिबेला उनको निकै धनी प्रेमी थिए । उनी आफ्नो प्रेमीको पैसामा मात्र निर्भर थिइन् । उनका प्रेमीले उनलाई मुम्बईमा सर्न धेरै मद्दत गरे, जहाँ उनीहरू दुवै सँगै बस्थे। तर पहिलो फिल्म पाएलगत्तै कृतिको व्यवहार परिवर्तन भयो र करिब ६ महिनापछि कृतिले प्रेमीलाई धोका दिन थालिन् ।’
प्रयोगकर्ताले थप लेखेका छन्, ‘त्यो केटा ठगिएपछि पूर्ण रूपमा टुटेको थियो, ऊ गिक्स पर गिक्सको म्यानेजरको राम्रो साथी थियो । मैले त्यो प्रबन्धकको अधीनमा काम गरेका कारण पनि मलाई यी सब कुरा थाहा भएको हो। त्यो प्रबन्धक, त्यो केटा र म, सबै एउटै कलेजमा पढ्थ्यौं। यद्यपि हामी सबैको ब्याच फरक थियो।’
अभिनेत्रीको पोडकास्टमा धेरैले आफ्नो प्रतिक्रिया दिएका छन् । एकातिर कतिपयले यसलाई विश्वास गरिरहेका छन् भने अर्कोतर्फ उनका फ्यानले समर्थन गरिरहेका छन् । यो आरोपमा कृतिले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।
नायिकाको सम्बन्धको कुरा गर्दा अहिले उनको नाम व्यापारी कबिर बहियासँग जोडिएको छ । दुवै पटक पटक सँगै देखिएका छन् । दुवैले सँगै क्रिसमस पनि मनाएका थिए।
हालै कृति र कबीर राहत फतेह अली खानको कन्सर्टमा पनि सँगै देखिएका थिए । अभिनेत्रीकी बहिनी नुपुर सेननले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा कन्सर्टका केही तस्बीर सेयर गरेकी थिइन् ।
कामको कुरा गर्दा कृतिले सन् २०२४ मा तीन ठूला फिल्ममा काम गरिसकेकी छिन् । यो वर्ष उनी शाहिद कपूरसँग फिल्म तेरी बातों में ऐसा उल्झा जियामा देखिएकी थिइन्। यस्तै उनी करीना कपूर खान र तब्बुसँग फिल्म क्रुमा पनि देखिएकी थिइन् ।
प्रतिक्रिया