शनिबार, वैशाख १२, २०८३

कांग्रेसले एक्लै चुनाव लड्छ : प्रकाशमान सिंह

मेरोन्यूज २०८१ पुष २० गते १३:४९

काठमाडौं ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले आगामी चुनाव एक्लै लडने बताएका छन् ।

Advertisement
NiccNicc

नेपाली कांग्रेसका नेता सिंहले आज बर्दिवासमा पार्टी कार्यकर्तासँगको भेटमा वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको बताउँदै संसद्मा प्रतिनिधित्व गर्ने सबै दलसँग संविधान संशोधनका बारेमा पर्याप्त छलफल र गृहकार्य गर्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने बताए । “यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहनेछ”, उनले भने, “वर्तमान सरकार बनेयता आमजनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आश जागेको छ ।” साथै उनले पार्टी कार्यकर्तालाई ऊर्जावान् भएर सङ्गठन विस्तारमा लाग्न आग्रह गरे ।

प्रतिक्रिया