चीनको तरकारी बजारमा आगलागी हुँदा ८ जनाको मृत्यु
मेरोन्यूज
२०८१ पुष २० गते १७:०४

उत्तरी चीनको तरकारी बजारमा शनिबार भएको आगलागीमा परी आठ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
बेइजिङको उत्तरपश्चिममा रहेको झाङ्जियाकोउ सहरमा भएको आगलागीपछि किआओसी जिल्ला जनसरकारले भने, “घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ र हाल उनीहरूको जीवनमा कुनै खतरा छैन ।”
लिगुआङ बजारमा बिहान ८ः४० बजे आगलागी भएको थियो र बिहान १० बजेपछि निभाइएको जिल्ला सरकारले जनाएको छ ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।
अक्टोबरमा प्रमुख सहर चेङ्दुमा लागेको आगलागीमा २४ जनालाई सास फेर्न गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको राज्य मिडियाले जनाएको छ ।
जुलाईमा, दक्षिणपश्चिमी सहर जिगोङको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको थियो ।
सम्बन्धित
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया