सोमबार, वैशाख ८, २०८२

सोनु सुदले ४ वर्षदेखि खाएका छैनन् रोटी

मेरोन्यूज २०८१ पुष २१ गते १४:५२

काठमाडौं। भारतीय अभिनेता सोनु सूदले आफूले करिब ४ वर्षदेखि रोटी नखाएको खुलासा गरेका छन् । अभिनेताले आजसम्म रक्सी पनि नपिएको बताएका छन् ।

हालै दिएको एक अन्तर्वार्तामा सोनले आफ्नो आहारको बारेमा कुरा गर्दै भने- ‘म शाकाहारी हुँ। मेरो आहार धेरै बोरिंग छ। मेरो घरमा कोही आउँदा अस्पतालको खाना खान्छु भन्छन् । म तिनीहरूलाई भन्छु यो मेरो प्लेट हो। साथीहरू, जे मन लाग्छ खाऊ। म बाहेक सबैले ननवेज खान्छन् । सबैको लागि राम्रो खाना तयार हुन्छ। हामीसँग उत्कृष्ट कुकहरू छन्।’

उनले थप भने– ‘म एकदमै साधारण खाना खान्छु । जे पाउँछु त्यही खान्छु । धेरै तान्ता देखाउँदैन। विगत ४ वर्षदेखि रोटी खाएको छैन । यद्यपि म कहिलेकाहीँ मकैको रोटी खान्छु।’ ‘बिहानको खाजामा ओमलेट, सलाद, एभोकाडो, भुटेको तरकारी वा मेवा खान्छु। दिउँसो सानो कचौरा दाल र भात खान्छु। तर हो म स्वस्थ आहार लिन्छु।’

सोनुले आफूले कहिल्यै रक्सी नपिएको बताएका छन्। उनले भने- ‘म पटक्कै पिउँदिन। धेरै सह-कलाकारहरूले मलाई रक्सी पिलाउन खोजेका छन्। धेरैले मेरो सामान्य पेय पदार्थमा रक्सी मिसाउने प्रयास गरेका छन्।’

अभिनेता सलमानले पनि आफुलाई रक्सि खुवाउन प्रयास गरेको सोनु बताउँछन् । ‘सलमान भाइ मलाई पिलाउन खुबै मन पराउँथे । उनी रेडबुलमा रक्सि मिसाएर मलाई खान लगाउँथ,े त्यसपछि मैले पिए नपिएको हेरिरहन्थे। तर म लुकाएर गिलास निकाल्थेँ ।’

अभिनेता सुद आगामी फिल्म फतेह मार्फत निर्देशनमा डेब्यु गर्न लागेका छन्। फिल्मको कथा पनि उनले लेखेका छन् । फिल्ममा सोनु पनि मुख्य भूमिकामा देखिनेछन् ।

यो फिल्म १० जनवरी २०२५ मा रिलिज हुनेछ।

प्रतिक्रिया