छविलाल जोशीको बयान- रवि र जीबीले मेरो हस्ताक्षर किर्ते गरे

काठमाडौं । गोर्खा मिडियाका सञ्चालकसमेत रहेका छविलाल जोशीले जीबी राई र रवि लामिछानेले आफ्नो हस्ताक्षर किर्ते गरेको आरोप लगाएका छन् ।
स्वर्णलक्ष्मी सहकारीमा भएको अपचलनको अनुसन्धानका क्रममा बयान दिँदै उनले आफु उपस्थित नभएकाे बेला जीबी र रविले विभिन्न कागजातहरुमा आफ्नाे किर्ते हस्ताक्षर गरेको आराेप लगाएका हुन् ।
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा दायर गरेको अभियोगपत्रमा जोशीले भनेका छन्, “मेरो अनुपस्थितिमा प्रतिवादी गितेन्द्रबाबु राई र रवि लामिछानेले मिति २०७७–०७–०४ गते कम्पनीमा बसेको बैठकमा गरिएको निर्णय माइन्युटलगायतका कागजातहरुमा मेरो किर्ते हस्ताक्षर गरी कम्प्नीको प्रबन्ध पत्र संशोधन गर्ने र कम्पनीको उद्देश्यमा थप गर्ने निर्णय गरेको कुरा थाहा पाई निजहरुको गलत नियत बुझी उक्त दिनदेखि नै आफू निजहरुसँग बसी कम्पनीमा काम गर्नुहुँदैन भन्ने ठानी मैले निजहरुसँग सहकार्य गर्न छाडेको हुँ ।”
















आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया