लाजिम्पाटमा ‘ब्रेन एन्ड न्युरोसाइन्स सेन्टर’ स्थापना

काठमाडौं । मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यसहित लाजिम्पाटमा ‘ब्रेन एन्ड न्युरोसाइन्स सेन्टर’ (बिएएनसी) को स्थापना भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सो केन्द्रको उद्घाटन गर्दै नेपालमा मानसिक स्वास्थ्य उपचार, परामर्श सेवा प्रदायकको आवश्यकता रहेको बताएका छन् ।
उनले मानसिक स्वास्थ्य खराव हुनुलाई रोग नै नमान्ने वा भईहालेमा पनि उपचारमा जान नमान्ने नेपाली समाजको वास्तविकता हो भन्दै उपचार गराउन चाहने सचेत नागरिकले उपचार पाउने स्थानकै अभाव पनि रहेको अवस्थामा मानसिक स्वास्थ्य सम्वन्धी विशेषज्ञता हासिल गरेकाजनशक्तिले आफ्नो ज्ञान-सिपमार्फत सेवा गर्ने केन्द्रहरु खोल्दै जानुपर्नेमा जोड दिएका छन् ।
सचिव डा. पोखरेलले सरकारले १४ जिल्ला र प्रदेश स्तरीय तहमा मात्र हालसम्म मानसिक स्वास्थ्य क्षेत्रमा काम गरिरहेको स्थितिमा यस सम्वन्धी ज्ञान भएका डाक्टर, परामर्शताले आफैं पनि सेवा दिनेबारे सोच्नुपर्ने र यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका हुन् ।

सो अवसरमा ब्रेन एण्ड न्युरो साइन्स केन्द्रका निर्देशक डा. ऋषभ कोइरालाले मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि मानस रोग विशेषज्ञ (आयुर्वेदिक विधिबाट मानसिक रोगको उपचार गर्ने), क्लिनिकल साइकोलोजी, मनोचित्सक, मनोविर्शकता, थेरापीलगायतको सुविधासहित राजधानीमा उपचार सेवा दिने केन्द्रको स्थापना गरिएको जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय, मनोसामाजिक विभाग प्रमुख डा. सरोज ओझाले स्वास्थ्य सेवा मौलिक हकभित्र पर्ने सेवा हो र स्वास्थ्य सेवा प्रदान गर्नु राज्यको दायित्वलाई विशेषज्ञ डाक्टरहरुले सेवा केन्द्र स्थापना गरेर नीजि क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।
नर्वेको ओस्लो युनिभर्सिटीका मनोसामाजिक विभाग प्रमुख डा.सुरज बहादुर थापाले नर्वे सरकारले अन्य स्वास्थ्यसेवामा भन्दा मानसिक स्वास्थ्य उपचारका लागि निक्कै लगानी गर्दै आएको बताए ।
उनले नेपालमा मानसिक स्वास्थ्यलाई अझैसम्म पनि पहिचान नै नगरेको वा नस्वीकारेको अवस्थामा नर्वेले नागरिकको मानसिक स्वास्थ्य स्थितिलाई प्रमुख प्राथमिकतामा राखेको बताउदै निकट भविष्यमा क्यान्सर र मानसिक रोगबाट मानिस बढि प्रभावित हुने तथ्यलाई मनन् गर्दै नेपालले पनि त्यसको तयारी गर्नुपर्ने बताए ।

















झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया