लोसपाद्वारा विभिन्न पार्टीसँग संवादका लागि समिति गठन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेसँग पार्टी एकीकरणका लागि संवाद गर्न समिति गठन गरेको छ ।
अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै मधेश केन्द्रीत राजनीतिक पार्टीबीच संवाद, सहकार्य, कार्यगत एकता एवं राजनीतिक मुद्दा मिल्नेसँग पार्टी एकीकरणका लागि समिति गठन गरिएको जानकारी गराए ।
समितिमा वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेश अध्यक्ष जितेन्द्रप्रसाद सोनार, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिव डा सुरेन्द्रकुमार झा र महासचिव मनिषकुमार मिश्र रहेका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप राजनीतिक अधिकार प्राप्तिको लागि सङ्घर्षशील राजनीतिक शक्तिबीच संवाद, सहकार्य एवं कार्यगत एकता आजको आवश्यकता रहेको लोसपाले ठहर गरेको छ ।
यसैबीच लोसपाले कडाव व्यवसायीले विगत केही समयदेखि काठमाडौँमा गरिरहेको संघर्षप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासचिव मनिषकुमार मिश्रले आज विज्ञप्ति जारी गरी काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायलाई उचित व्यवस्थापनविना भौतिक संरचना तोडफोड र व्यवसायीलाई धरपटक गरी आतङ्कित तुल्याएको स्थितिप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
“महानगरले कवाड व्यवसायीलाई धरपकट गरी आतङ्कित तुल्याई भागाभागको स्थितिमा ल्याउन खोज्नु दुर्भाग्य हो । कानुनी राज्यको प्रत्याभूति दिलाउँदै न्यायसङ्गत ढङ्गले कामकारबाही अगाडि बढाउन सम्बन्धित निकाय तथा नेपाल सरकारसँग लोसपा नेपाल आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया